TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुर–जयनगर रेल्वे लिकको सफल परीक्षण


जनकपुर–जयनगर रेल्वे लिकको सफल परीक्षण
ADVERTISEMENT

जनकपुर, ४ साउन । बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे लिकको सफल परीक्षण गरिएको छ। रेल सञ्चालनको लागि लिकको अवस्था बुझ्न आइतबार त्यसको गति परीक्षण गरिएको हो।


जनकपुरको कुर्था स्टेशनदेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर मार्गमा भारतीय इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेल कुदाएर लिकको परीक्षण गरिएको हो।

रेल सञ्चालनको पूर्वतयारीको लागि रेल्वे ट्रयाक स्पिड टेस्ट र सर्टिफिकेसन गर्न भारतीय रेल जनकपुरको कुर्था स्टेशनबाट १२० किलोमिटर प्रतिघन्टाको गतिमा भारतको जयनगर पुगेको थियो।
जसमा जनकपुरबाट ३५ किलोमिटरको यात्रा तय गरेर जयनगर पुग्न रेललाई २३ मिनेट मात्र लागेको रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले जानकारी दिए। ‘रेल्वे ट्रयाकको परीक्षण सफल भएको छ,’ नेपालखबरसँग ओझाले भने, ‘यसले अब रेल गुडाउन लिक पूर्ण सक्षम एवं तयारी अवस्थामा छ भन्ने देखिएको छ। अब यो लिकमा मज्जाले प्रतिघण्टा १२० किमीको गतिमा रेल कुदाउन सकिन्छ।’

सफल परीक्षण पश्चात रेल्वे लिक निर्माणत गर्ने भारतीय इकन इन्टरनेसनल कम्पनीलाई प्रमाणपत्र प्रदान अर्थात सर्टिफिकेसनको काम पूरा भएको छ।

लिकको सफल परीक्षण भएपनि रेल संचालन भने अझै अन्यौलमै छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नभएका कारण संरचना हस्तान्तरणमा ढिलाइ भइरहेको नेपाल रेल कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जानकारी दिए।

नेतृत्व नभएसम्म रेल सञ्चालनको ठ्याक्कै मिति भन्न नसकिने उनको भनाइ छ। रेल संचालनका लागि दुईसय सय नेपाली जनशक्तिलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ। भारतीय जनशक्ति समेत तयारी अवस्थामा छन्।

यातायात मन्त्रालयमा मन्त्री आएपछि रेलमार्ग हस्तान्तरण हुने र रेल संचालन गरिने उनले जानकारी दिए। भारतबाट खरिद गरिएका दुईसेट रेल १० महिनादेखि धनुषाको इनरुवामा त्रिपाल ओढाएर राखिएको छ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
एसईईको आन्तरिक मूल्याङ्कन कार्यविधि जेठभित्रै जारी हुने

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य