TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

करोडौको सम्पति कवाड बन्दै


करोडौको सम्पति कवाड बन्दै
ADVERTISEMENT

आवश्यक ऐन कानुनको अभावमा प्रदेश २ सरकारको करौडको सम्पति कवाड बन्दै गएको छ ।


गत कार्तिकमै ४ करोडको लागतमा खरिद गरिएको ५ वटा बस संचालन नभएर मधेश भवन परिसरमा थल्काईएर राखिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उदेश्यले प्रदेश सरकारले बस खरिद गरेको थियो । तर बस संचालनको लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुल्ला आकाश मुनि थन्काईएर राखिएको छ । खुल्ला अकाशमुनि राखिएको बसको रङ डिसकलर हुनुको साथै बैट्री, ईन्जिन , टायर खराब हुदै गएको छ । बस संचालनका लागि फेरि लाखौ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको एक जानकारले बताए । बस खरिद गरिएपनि चालक, बसको भाडा दर तथा बस संचालनको लागि आवश्यक नीति निर्माणमा भौतिक पुर्वाधार मन्त्रालयले जोड दिन सकेको छैन । तत्कालीन भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बस संचालन सम्बन्धि ऐन कानुन निर्माणको पक्रियामा रहेको भन्दै चाडै संचालन गर्ने बताएका थिए । तर सत्तारुढ पार्टी जनता समाजवादी पार्टीमा विभाजनको अवस्थामा पुग्दा मन्त्री सोनलले राजिनामा दिएपछि अहिले नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले उक्त मन्त्रालयका जिम्मेवारी सम्हालेका छन् । यादव मन्त्री भएको एक महिना भन्दा बढि समय भईसक्दा पनि अहिले सम्म बस संचालनमा कुनै चासो देखाएका छैनन् ।

भौतिक पुर्वाधार मन्त्रालयका सचिव दिपक कुमार दासले भने,‘ अहिले सम्म बस संचालनको कार्यविधि बन्न सकेको छैन, कार्यविधि बनाएर चाडै नै बस संचालन हुन्छ ।’ त्यसैगरि, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले खरिद गरेको ९ वटा वारुण यन्त्रपनि झण्डै ४ महिनादेखि मधेश भवन परिसरको खुल्ला चौरमा थन्काईएर राखिएको छ । बस सँगै राखिएको ती वारुण यन्त्रका पार्टहरुमा खिया लाग्न सुरु भएको छ । तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश ८ वटै जिल्ला प्रहरी कार्यालयहरुमा एक÷एक वटा र एउटा प्रदेश प्रहरी कार्यालयमा आगलागीबाट हुने जनधनको क्षति न्युनिकरणमा सहयोग गर्न तथा आन्दोलनको ताका प्रदर्शनकारी माथि पानीको फोहरा झार्ने उदेश्यले उक्त वारुण यन्त्र खरिद गरिएको जनाएका थिए । कोरोना महामारीको दोस्रो लहरमै खरिद गरिएको ती वारुण यन्त्र संचालन तथा सुरक्षा निकायलाई बुझाउने अझै कार्यविधि बन्न सकेको छैन । यसरी ऐन कानुनको अभावमा खरिद गरिएको करोडौको सम्पति लामो समयदेखि प्रयोगविहीन हुँदा कवाड बन्दै गएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका एक कर्मचारीले भने,‘ मन्त्रीले ऐन कानुन बनाउनुभन्दा समान खरिदमा जोड दिए, आफु मन्त्री पदबाट हटने सुईको पाएकोले कमिशनको चक्करमा मन्त्रीहरुले ऐन कानुनलाई ख्याल नै नगरि समान खरिद गरेर थन्काए ।’

प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सरकारमा सहभागि भएपछि तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले करिव दुई सप्ताह अगाडी राजिनामा दिएका थिए । अहिले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री छन् । मन्त्री साहले भने,‘ वारुण यन्त्र मलाई मन्त्रालय सम्हाल्नु भन्दा अघि नै खरिद गरिएको छ । वारुण यन्त्र खरिद गरिएपनि त्यसलाई प्रहरीको जिम्मा लगाउने कार्य विधि बनाइएको छैन । त्यसैले एउटा कार्यविधि बनाएर सुरक्षाकर्मीलाई जिम्मा लगाउने योजना छ ।’ वारुण यन्त्र हस्तान्तरण गर्ने विषयमा सुरक्षा निकायसँग छलफल भईरहेको मन्त्री साहले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आन्तरिक हवाई उडान अर्को आदेश नभएसम्मका लागि बन्द रहने

जनकपुर विमानस्थलबाट जनावरको छालासहित यात्रु पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य