TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रहरी कार्यालय अगाडि महिलाको शवसहित प्रदर्शन


प्रहरी कार्यालय अगाडि महिलाको शवसहित प्रदर्शन
ADVERTISEMENT

सिरहाको इलाका प्रहरी कार्यालय लहान अगाडि महिलाको शवसहित प्रदर्शन भएको छ ।


ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शवसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । धनगढीमाई नगरपालिका ६ स्थित सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतो सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहान मृतकको शव पोष्टमार्टमका लागि धरान पठाएको थियो । धरानबाट पोष्टमार्टमपछि मृतक महिलाको शव माइती पक्षले ल्याएर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । ज्ञानको मृत्यु घटना आत्महत्या नभई हत्या भएको माइती पक्षको आरोप छ ।

मृतक महिलाका श्रीमान् सुनिल कमजोर मनस्थितिका छन् । आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छ । बिहे भएदेखि नै छोरीलाई ससुरा र देवरले विभिन्न किसिमको यातना दिँदै आएको र अहिले आएर हत्या नै गरिदिएको मृतककी आमा महेश्वरी महतोले बताइन् । ‘मेरी छोरीलाई पटकपटक यातना दिँदै आएको थियो,’ उनी रुँदै भनिन्, ‘एक महिनाअघि पनि नराम्ररी कुटपिट गरेपछि त्यसयता माइतीमै बस्दै आएकी थिइन् । केही दिन पहिले फेरि आएर ससुराले लगे । त्यसको केही दिन नबित्दै मेरी छोरीलाई मारिदियो ।’ छोरीको शरीरको विभिन्न भागमा हिलो लागेको पनि देखिएकोले उनलाई घिसारेर हत्या गरेको हुनसक्ने र त्यसपछि फस्ने डरले झुण्ड्याइदिएको दावी महेश्वरीको छ । छोरीको हत्या नै भएको पटकपटक प्रहरीलाई बताए पनि प्रहरीले आफूहरूलाई वास्ता नगरेको र जाहेरी पनि नलिएपछि शव लिएर प्रदर्शन गरेको उनले सुनाइन् ।

यता, प्रहरीले शव झुण्डिएको अवस्थामा भेटिएका कारण अहिले जाहेरी नलिएको बताएको छ । शव पोष्टमार्टम भइसकेको र दुई/तीन दिनमा रिपोर्ट आएपछि त्यसको आधारमा अघि बढ्ने सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए । ‘आरोपकै भरमा जाहेरी लिन मिल्दैन,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं । रिपोर्टको आधारमा हामी आफैँ कानुनी प्रक्रिया अगाडि बढाइहाल्छौँ ।’

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

सिचाई मन्त्री पम्फा भुसाल आज धनुषा आउँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य