TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाल पक्ष सरकारमा सहभागी नहुने


नेपाल पक्ष सरकारमा सहभागी नहुने
ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ ।


कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारीसमेत गठबन्धन दललाई दिएको छ । योसँगै अब नेपाल पक्षबिनाको सरकार गठन हुने भएको छ । यद्यपि, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल समूहलाई जसरी पनि सरकारमा सहभागी गराउन प्रयत्नरत छन् । एमाले स्थायी कमिटीका सदस्य एवं नेपालनिकटका नेता रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले सरकारमा जान नसकिने स्पष्ट पारे । नेता नेपालले स्पष्ट रूपमा सरकारमा सहभागी नहुने बताइसकेको उनको भनाइ छ ।

‘हिजोको अवस्था बेग्लै थियो । संविधान र लोकतन्त्रको रक्षाका लागि हामी प्रतिनिधिसभा पुनस्र्थापना र सरकार निर्माणको अभियानमा थियौं, सरकारलाई विश्वासको मत पनि दियौं,’ पन्तले भने, ‘अब अवस्था हिजोकै जस्तो छैन । पार्टीलाई एकताबद्ध बनाउने गृहकार्य भइरहेकाले सरकारमा जान सकिँदैन ।’

३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । नेपाल समूहका १४ र एमाले अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले देउवालाई विश्वासको मत दिएको थियो ।

देउवा र दाहालले विश्वासको मत दिएको र प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सँगै आन्दोलनमा रहेकाले सरकार सञ्चालनमा समेत मिलेर अघि बढनुपर्ने भन्दै नेपाल पक्षलाई गठबन्धनबाट दबाब आइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवालाई भेटेर दाहालले सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेको एमाले स्रोतले जनाएको छ ।

तर, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका ओली समूहका सांसद भने सरकारमा सहभागिता जनाउन नेपाललाई दबाब दिइरहेको स्रोतको भनाइ छ । उनीहरूको चाहना सुनेपछि नेता नेपालले आफ्नै रिक्समा मन्त्री बन्न सुझाव दिएको स्रोतको दाबी छ ।

‘अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा गृहकार्य भइरहेको छ । छलफल जारी नै रहेका बेला सरकारमा जानु उपयुक्त हँुदैन । यदि कसैलाई जानु छ भने गए हुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

जनवर्गीय संगठन देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसद, स्थायी कमिटीका सदस्यलगायतसँग निरन्तर छलफल गरेका नेपालले सरकारमा सहभागी हुन नसकिने प्रस्ट सन्देश दिएका छन् । एमाले नेता विश्वनाथ प्याकुरेलले सरकारमा सहभागी हुन साथीहरूको सुझाव आए पनि नेता नेपालले त्यसलाई अस्वीकार गर्दै आएको बताए । केही साथीहरू जसरी पनि सरकारमा सहभागी हुनुपर्ने इच्छा व्यक्त गरिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
खिर खाएर साउन १५ मनाइँदै

खिर खाएर साउन १५ मनाइँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य