काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ।

बिहान ११ बजे केन्द्रीय कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए।

​बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने जनाइएको छ। ​

यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो। सो अवसरमा केही दिनभित्रै सत्ता-साझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।

असार २९ गते प्रधानमन्त्रीमा शपथ लिएका देउवाले हालसम्म पनि सरकारलाई पूर्णत दिन नसकेको भन्दै आलोचना हुन थालेको छ।