TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गुणस्तर फेल दुई लाख किलो बटर उपभोक्तालाई बिक्री


गुणस्तर फेल दुई लाख किलो बटर उपभोक्तालाई बिक्री
ADVERTISEMENT

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युन गुणस्तरको भनेर प्रमाणित गरेको झण्डै दुई लाख किलो बटर दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई बिक्री गरेको खुलेको छ ।


सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको एक लाख ९४ हजार ९७५ किलो बटर उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको थियो । संस्थानको बालाजु प्लान्टको भण्डारणमा रहेको उक्त बटर डीडीसीले खाद्यको अस्वीकृतिका बाबजुत बिक्री गरेको हो । करीब १६ करोड रुपैयाँ बराबरको उक्त बटर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला परीक्षणमा गुणस्तर मापदण्ड नपुगेको पुष्टि भएको थियो । संस्थानको बालाजु प्लान्टको भण्डारणमा अहिले पुरानो बटर नरहेको आयोजना प्रमुख गोविन्द गौतमले अनलाइनखबरलाई बताए । ‘म प्लान्ट प्रमुखमा आएको धेरै भएको छैन, मैले थाहा पाएसम्म यहाँ फ्रेस बटर मात्रै छ । यसअघिको बटर बिक्री भइसकेको छ,’ आयोजना प्रमुख गौतमले भने ।

डीडीसीका एक उच्च अधिकारीका अनुसार मौज्दात बटर बिक्री गरिएको कुरा साँचो हो । ‘अझै पनि संस्थानको भण्डारमा दूग्धजन्य पदार्थका मौज्दात ८० करोड हाराहारी रहेपनि पुरानो बटर हामीले बिक्री गर्दै आएका छौं । उबेला गुणस्तर कुरा उठेको बटर बिक्री भइसकेको छ,’ ती अधिकारीले भने ।

काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले २०७७ असोज २७ गते गरेको अनुगमनमा एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको थियो । उक्त बटर दुग्ध विकास संस्थान बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा राखिएको थियो । असोजको अनुगमनमा बटरको प्याकिङमा उत्पादित मितिले आठ महिनाअघि नै उपभोग गरिसक्न भनिएको थियो तर गोदामका अधिकांश बटरमा सो मिति नाघेको पाइएको थियो ।

गोदाममा सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनवरीमा बनेको बटर भेटिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘हामीले म्याद सकिएको वस्तु बिक्री नगर्न भनेका थियौं, खाद्य प्रविधि विभागले पनि प्रयोगशाला परीक्षण गरेर नष्ट गर्न भनेको थियो,’ अध्यक्ष तिमिल्सिनाले थपे, ‘पछि संसदीय समितिको उपभोक्ता हित संरक्षण समितिसँगै अनुगमनमा जाँदा बालाजु प्लान्टले त्यही बटर बिक्री गरेको पाएका थियौं ।’

तत्कालीन संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य प्रकाश रसाईलीका अनुसार समितिले अनुगमन गर्दा पनि त्यसअघि गुणस्तर नभएको भनिएको बटर बिक्री भइरहेको पाइएको थियो । ‘हामीले त्यसबारे थप अनुसन्धान गर्ने भन्दाभन्दै निषेधाज्ञा शुरु भयो, त्यसपछि संसद भंग भयो,’ सांसद रसाइलीले भने । त्यसबारे छानबिन गर्न एक उपसमिति पनि बनेको उनले बताए ।

विवादित बटरसहित संस्थानको दूधमा पनि गुणस्तर नभएको पाइएपछि गत असारमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बटर नष्ट गर्न र दूधको कैफियतमा जरिवानासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असार २ गते सस्थानविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए । ‘गुणस्तरमा फेल भएको उत्पादन नष्ट गर्न मुद्दा दायर गर्दा भएको र बिचाराधीन अवस्थामै बटर बिक्री गरिएको भए जिम्मेवार अधिकारी कारबाहीमा तानिन्छन्,’ महानिर्देशक रायले भने ।

विभागले गरेको प्रयोगशाला परीक्षणमा बटरको गुणस्तर नेपालको मापदण्ड विपरीत भएको पाइएको उनले बताए । अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा ती वस्तु बिक्री गरिनु उपभोक्ता हित विपरीत भएको उनको भनाइ छ ।

source:onlinekhabar.com

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान शुरु

नेपालमा दोस्रो डोज खोप लगाइसकेकोमा देखियो फेरि कोरोना संक्रमण

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य