थुनुवा मृत्यू प्रकरण : धनुषाका एसपीलाई कारबाही गर्न दलित जनमत संघको माग
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयमा थुनुवा पल्टु रबिदास झुण्डिएको अवस्थामा मृत फेला परेका घटनाको विरोधमा दलित जनमत संघले विरोध प्रदर्शन गरेको छ ।
आज दिउँसो जनकपुरमा संघसँग आवद्ध नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । संघले धनुषाका एसपी प्रकाश रानाभाटलाई कारबाही गर्नुपर्ने माग गरेको छ । यस्तै घटनाको छानबिन गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ । संघका नेता कार्यकर्ताहरुले प्रदर्शन पश्चात जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउने बताइएको छ । घटनाको छानविनका लागि दलित अधिकारकर्मीहरुले पनि घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका घर भएका मृतक रबिदास अंगभंग तथा कुटपिट मुद्दामा पक्राउ परेका थिए । उनको परिवारले हत्या भन्दै शव बुझेका छैन ।
