TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जानकी मेडिकल कलेजको एमबीबीएस परीक्षामा फिल्मी शैलीमा चोरी


जानकी मेडिकल कलेजको एमबीबीएस परीक्षामा फिल्मी शैलीमा चोरी
ADVERTISEMENT

धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेजमा फिल्मी शैलीमा वाकीटकी डीभाइस प्रयोग गरी चोरी गरेको पाइएको छ ।


मेडिकल कलेजमा पढाइ नभएपछि परीक्षामा परीक्षार्थी चोरीकै भर परेको छ । वर्षभरी कलेजमा पढाइ नभएपछि एमबीबीएस चोथौ वर्षको परीक्षामा सामेल विद्यार्थीहरु वाकीटकीको डीभाइस प्रयोग गरी परीक्षामा चीट चोरी गरेको पाइएको हो । एमबीबीएस परीक्षा केन्द्रमा मोवाइल नेटवर्क बन्द गर्न ज्यामर लागेको कक्षामा विद्यार्थीले एन्टी ज्यामर वाकीटकी डिभाइसबाट चोरी गरिरहेका छन । कलेजका उच्च तहका कर्मचारीकै मिलोमतोमा जानकी मेडिकल कलेजको एमबीबीएस परीक्षामा डीभाइसको माध्यमबाट चोरी भएको पाइएको हो । परीक्षामा चोरी गर्न प्रयोग भएको डीभाईस जानकी मेडिकल कलेजको चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीले नै सप्लाइ गरेको समेत खुलेको छ । भारतीय विद्यार्थी बन्टी भन्ने कुमार शैरभले ५० हजारको दरले परीक्षार्थीलाई चोरी गर्ने उच्च प्रवीधिको डीभाइस उपलब्ध गराइरहेको छ । बन्टीले परीक्षा दिँदै गरेका ५ जनालाई डीभाइस उपलब्ध गराएका छन् । सप्लायर्स सौरभले नेपाली मोबाइल नं. ९८१६८९०९१० र भारतीय मोबाइल नं. ८८७७६१७१५५ बाट डीभाइसको मोलतोल गरेको पाइएको छ । डीभाइसबाट चोरी गर्ने भारतीय विद्याथीहरु हुन । यस अघि भारतीय विद्यार्थी अभय कुमार आइतबार डीभाइसबाट चोरी गरीरहेकै अवस्थामा पक्राउ परेपछि परीक्षा केन्द्रबाट निष्कासित भएपनि अन्य ४ जनाले डीभाइसको सहारामा चोरी गरीरहेका थिए ।

पढनै नसक्ने र परीक्षा पास भएपनि डाक्टरको ज्ञान नहुनेहरुलाई जानकी मेडिकल कलेजले ५/५ लाख रुपैया लिएर एमबीबीएसको प्रमाण प्रत्र दिन लागेको हो । कलेजले नै भारतीय विद्यार्थीलाई परीक्षामा चोरी गर्ने व्यवस्थापन मिलाएको छ । कलेजको छत्राबास र क्यान्टीनबाट प्रश्नको उत्तर पढेर डीभाइसको सहारामा विद्यार्थीले उत्तर पुस्तीकामा जवाफ उतार्दै आएको छ । पटक– पटक परीक्षा दिँदा असफल भएकाहरुले एउटा पेपरकालागि ५ लाख खर्च गरी एमबीबीएसको प्रमाण पत्र खरिद गर्न लागेको हो । परीक्षालाई मर्यादित बनाउन र चोरी हुन नदिन मोवाइल नेटवर्क बन्द गर्न ज्यामर र सीसीटीभी क्यामरा जडान भएपनि एमबीबीएसका विद्यार्थीले एन्टी ज्यामर डीभाइस प्रयोग गरेको पाइएको हो । चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)ले सञ्चालन गरीरहेको छ । आइतबार चौथो वर्ष तेश्रो दिन सर्जरी विषयको परीक्षामा कटु र गञ्जीमा तार सहितको डीभाइस जडान गरी परीक्षा दिँदै गरेको अभयलाई निष्कासित गरिएको जानकी मेडिकलमा परिक्षा सञ्चालन गर्न खटिएका पर्यवेक्षक आइओएमका मुख्य कार्यालय सहायक गणेश गौतमले बताए । एमबीबीएस चौथो वर्षको परीक्षा केन्द्रमा सीसीटीभी क्यामरा र ज्यामर लगाएपनि डीभाइसबाट चोरी भएको गुनासो बढेपछि आइतबारको परीक्षामा कडाइका साथ निगरानि गर्दा डिभाइस सहित परीक्षार्थी फेला परेको हो, गौतमले भने,‘डीभाइस बारमद भएका परीक्षार्थीलाई अन्य परीक्षामा समेल नहुने गरी यस वर्षको सबै परीक्ष रद्ध हुनेगरी परीक्षा केन्द्रबाट निष्काशन गरिएको छ । लुगामा जाडान गरीएको बरामद डीभाइस सिल गरी आइएमओमा पठाइएको छ ।’ डीभाइसमा सिग्नल र साउण्ड नआउदा टाउको झुकाउने गरेको, सुनेर उतर पुस्तीकामा लेख्ने गरेको र शंकास्पत गतिविधिमाथि निगरानि बढाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मेलम्चीको बाढीले सात घर बगायो

मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु : उच्च जोखिमका घरमा नबस्न आग्रह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य