TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु : उच्च जोखिमका घरमा नबस्न आग्रह


मेलम्चीको बाढीले सात घर बगायो
ADVERTISEMENT

सिन्धुपाल्चोकको मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु भएको छ । माथिल्लो भेगमा पहिरोको अवस्था तथा तल्लो तटीय क्षेत्रमा बाढीले गरेको क्षति र नदीको कटान रोक्न तथा क्षति न्यूनीकरण गर्न सम्बन्धित विज्ञसँग सुझाव लिन थालेको मेलम्ची नगरपालिकाले जनाएको छ ।


केन्द्र, प्रदेश सरकार र सरोकारवाला निकायसँगको समन्वयमा आवश्यक बाढी प्रभावितका लागि बसोबासको व्यवस्थासहितका आवश्यक काम थालनी भैसकेको नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र मनसुन कायमै रहेकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमपूर्ण भएको भन्दै नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै उच्च जोखिमका घरमा नबस्न मेलम्चीबासीलाई आग्रह समेत गरेको छ ।

गएको असार १ गते र त्यसपछिको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएपछि पालिकाले बेवास्ता गरेको भन्दै पिडितले आलोचना गर्दै आएका थिए । तर नगरपालिकाले सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्मका प्रयास गरेको जनाएको छ । साथै बाढीपछि तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको, ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनको समेत व्यवस्था गरी सुरक्षित ठाउँमा राखेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।

बाढी प्रभावितको सम्पूर्ण विवरण सङ्कलन गरी वर्ग छुट्याएर २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँका दरले तत्कालका लागि प्रभावितको बैंक खातामा जम्मा गर्ने काम सुरु भइसकेको उहाँले बताउनुभयो । अस्थायी आवास निर्माणका लागि सरकारबाट प्राप्त हुने पहिलो किस्ताको ५० हजार रुपैयाँबाट सम्झौता गरी प्रभावितलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको जानकारी दिनुभयो ।

मेलम्ची बजार र फट्टेमा दुई वटा बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकारलाई आग्रह गरिएको छ । साथै स्थायी पुल निर्माणका लागि अध्ययन भइरहेको समेत अपिलमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण : ४ जनाको ज्यान गयो, ११ घाइते

अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण : ४ जनाको ज्यान गयो, ११ घाइते

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य