TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश २ मा आपराधिक घटनामा अत्याधिक बृद्धि


प्रदेश २ मा आपराधिक घटनामा अत्याधिक बृद्धि
ADVERTISEMENT

प्रदेश २ मा पछिल्लो वर्षको तुलनामा ४ दशमलब ४७ प्रतिशतले आपराधिक घटनामा बद्धि भएको छ ।


आर्थिक वर्ष २०७७/७८ मा प्रदेशमा ७ हजार २ सय १ अपराधका घटना भएका छन् । २ नं. प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको अपराध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८ सय ९३ आपराधिक घटना भएका थिए । आर्थिक वर्ष २०७७/७८ आर्थिक वर्षमा भने ४ दशमलब ४७ प्रतिशतले बृद्धि भएको हो । आर्थिक वर्ष २०७७/७८ मा सामाजिक अपराधका सर्वाधिक १ हजार ८ सय ३२ र संगठित तथा आर्थिक अपराधका १ हजार ५ सय ४३ घटना भएका छन् । यस्तै महिला हिंसा तथा बलात्कार अपराधका ६ सय १७, आत्महत्याका ९ सय ५९, भवितब्य ज्यानका ४ सय ६७, ज्यान मार्ने उद्योगका ३ सय १० र कर्तव्य ज्यानका ९३ घटना भएका छन् । आर्थिक वर्ष २०७६/७७मा सवारी दुर्घटनामा ४ सय ६७ जनाको ज्यान गएकोमा आथिंक वर्ष २०७७/७८ मा बढेर ५ सय ३३ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा लागु औषध मुद्दा, दुव्र्यसनी र कारोवारी पक्राउको संख्या पनि बृद्धि भएको छ । आ.ब. २०७६/७७ मा लागु औषधका ६ सय ३५ मुद्दा दर्ता भई ९ सय ६२ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७७/७८ मा सो संख्या बढ्दै ७ सय १४ मुद्दा दर्ता र ९ सय ९९ जना पक्राउ परेका छन् ।

आपराधिक घटनामा बृद्धि देखिए पनि फरार प्रतिवादी पक्राउ र चोरी निकासी पैठारीमा पक्राउ र राजश्व असुली भने अत्यन्त उत्साहपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा विभिन्न तहका अदालतबाट कैद तथा जरिवाना तोकिईसकेपछि भुक्तान नगरि फरार रहँदै आएका २ हजार ४ सय ४ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । २०७६/७७ मा भने १ हजार ५ सय ३० जना फरार अभियुक्त र प्रतिवादी पक्राउ परेका थिए । चोरी निकासी पैठारीतर्फ आर्थिक वर्ष २०७६/७७ मा ४ सय १४ जनालाई पक्राउ तथा ३४ करोड ७९ लाख ३५ हजार ३ सय ८५ रुँपैयाको अवैध मालसमान जफ्त गरिएकोमा आर्थिक वर्ष २०७७/७८ मा सोही अपराधमा संलग्न ४ सय २७ जनालाई पक्राउ गरि ५८ करोड ८२ लाख ५१ हजार ९ सय २६ रुँपैया बराबरको अवैध मालसान जफ्त गरि भन्सार कार्यालयमा बुझाइएको तथ्याङ्कले देखाएको छ । अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि प्रदेश २ का ८ वटै जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रमका साथै आवश्यक सुरक्षा रणनीति बनाउँदै अद्दि बढिरहेको र यस कार्यमा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को अपराध तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप, ३,९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य