अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको जर्सी अन्य खेलाडीले प्रयोग गर्न नपाउने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आज बसेको पदाधिकारी बैठकले खड्काले प्रयोग गर्दै आएको ७७ नंको जर्सी अन्य खेलाडीले प्रयोग गर्न नपाउने निर्णय गरेको हो । खड्काको सम्मानमा क्रिकेट खेल्दा उनले प्रयोग गर्दै आएको जर्सी राष्ट्रिय टोलीका कुनै पनि खेलाडीलाई तत्काल प्रयोग गर्न नदिने निर्णय गरेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । खड्काले नेपालको क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै क्यानले सो निर्णय गरेको हो ।
क्यानले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका खड्काको सम्मानमा उक्त सहमति जनाएको हो ।









तपाईको प्रतिक्रिया