बुधबारबाट मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बुधवारबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र उक्त प्रणालीका कारण देशभरी मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । बिहीबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
विषेशतः कमजोर पहाड र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरु चनाखो हुनुपर्ने र सकेसम्म सुरक्षित ठाउँमा स्थानान्तरण हुनुपर्ने मौसमविद् राजु प्रधानाङ्ले बताउनुभयो ।









तपाईको प्रतिक्रिया