TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरको गायत्री होटेलमा नाबालक हत्याको प्रयास ,होटेल सञ्चालक अमरनाथ गुप्ता पक्राउ


जनकपुरको गायत्री होटेलमा नाबालक हत्याको प्रयास ,होटेल सञ्चालक अमरनाथ गुप्ता पक्राउ
ADVERTISEMENT

जनकपुरधाम । गायत्री कुञ्ज नामको होटेल सञ्चालन गर्ने अमरनाथ गुप्ताले छिमेकी एकजना बालकलाई मरनासन्न हुनेगरि कुटपिट गरी होटेलको लिफ्टमा बन्द गरिएको अवस्थामा स्थानीय बासिन्दाहरुले मंगलवार राती उद्धार गरेका छन् ।


मैथिली भाषा, साहित्य र नाट्य क्षेत्रका प्रख्यात कलाकार रामअशिष ठाकुर, मदन ठाकुरका भतिजा सञ्जय ठाकुरका १२ वर्षिय छोरा आदित्य ठाकुरलाई मरनासन्न हुनेगरि कुटपिटगरि होटेलको लिफ्टमा बन्द गरिएको अवस्थामा बालककी आमाले रोईकराई गरेपछि स्थानीय बासिन्दाहरुले उद्धार गरेका हुन् ।

गंभीर घाइते भएका आदित्य ठाकुरको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बच्चाको अवस्था गंभीर छ ।बच्चा अचेत अवस्थामा रहेको र शरिरको बिभिन्न भागमा चोट लागेकाले २४ घण्टापछि मात्र स्वास्थ्य अवस्थाबारे यकिन हुने चिकित्सकहरुले जनाए ।

होटेल छेउमै ठाकुरको घर रहेकोछ ।होटेल अगाडीको खाली सडकमासँधै खेलिरहने बच्चाहरुलाई गुप्ताले पटक पटक हप्काउने र कुटपिट गरेको पीडित परिवारले जनाए ।तर स्थानीय बासिन्दाहरुका अनुसार होटेलमा रक्सी बोतलको कार्टुन जस्तो राखिएकोले बच्चा गएपछि कुटपिट गरी लिफ्टमा थुनेर हत्याको प्रयास गुप्ताले गरेका हुन् ।गुप्ताले हालै एउटा ठूलो रक्सी भठ्ठी किनेको बताइन्छ ।

स्थानीय बलराम गुप्ताले जनाए अनुसार घाइते बच्चा खेलिरहेको बेला उनलाई गुप्ता समेत उनका स्टाफहरुले समातेर होटेल भित्र लगि कुटपिट गरे ।बच्चा बेहोस जस्तो भएपछि उनलाई लिप्mटमा बन्द गरिदिएपछि अन्य बच्चाहरुले हल्ला गरेपछि स्थानीय बासिन्दाहरु होटेलमा पसेर आदित्य ठाकुरलाई लिफ्टबाट बाहिर निकालेर अस्पताल पठाएका थिए ।

होटेलको ढोका भित्रबाट थुनेका गुप्तालाई स्थानीय बासिन्दाहरुले लात्तजुत्ता र मुक्कीले कुटपिट गरेर लिफ्ट सम्म पुगेका थिए ।स्थानीय बासिन्दाहरुले गुप्ता सहित उनका दुई जना कामदार रामप्रकास ठाकुर र सुभाष साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गुप्ता र होटेलका कामदार ठाकुर र साहलाई स्थानीय बासिन्दाहरुले कुटपिटगर्दै जानकी प्रहरी चौकीमा जिम्मा लगाएका थिए ।स्थानीय बासिन्दाहरुको बढदो आक्रोशलाई दृष्टिगतगरि जानकी प्रहरी चौकीले गुप्ता सहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा गुप्तालाई छुटटाउन केहि भू माफिया र सुदखोरहरु राती नै पुगेको बताइएको छ ।तर गुप्तालाई कडा भन्दा कडा कार्वाही नगरिए जानकी चोकमा बिरोध प्रदर्शन गर्ने चेतावनी स्थानीय बासिन्दाहरुले दिएका छन् ।गुप्ताले खोलेको होटेल जानकी मन्दिरको जग्गा मिचेर बनाइएको आरोप लाग्दै आएकोछ ।उपमहानगरपालिकाको मापदण्डलाई मिचेर गुप्ताले बनाएको होटेल भत्काउन कयौं पटक पत्राचार भएपनि संरचनामा झन थप निर्माण गरिएकोछ ।

शुद्ध शाकाहारीको बोर्ड लगाइएको सो होटेलमा मद्यमांस समेत चल्ने गरेको स्थानीय बासिन्दाहरुको आरोप छ ।बच्चाले रक्सीको कार्टुन हेरेपछि नै कुटपिट गरिएको स्थानीयहरुको आरोप छ ।जानकी मन्दिरमा दर्शन पुजाका लागि आउने साधुसन्तहरु शाकाहारी होटेल भन्दै बस्ने गरेका थिए ।

बच्चाको अवस्थालाई हेरेर गुप्ता लगायत पक्राउ परेकाहरुमाथि कार्वाही गरिने धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जनाए ।नाबालिग बच्चामाथि कुटपिटगरि लिफ्टमा थुन्ने कार्य जघन्य अपराध भएकाले दोषीहरुलाई कार्वाही हुने उनले बताए ।

source:ejanakapurtoday.com

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

विद्युत प्राधिकरणमा कुलमानको नियुक्ति पक्का, शाक्यलाई उर्जा आयोग पठाउने तयारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य