नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति पक्का भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने सहमति गरेको हो। सहमति भए पनि हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कहाँ पदस्थापन गर्ने भन्ने टुंगो नलागेकोले घिसिङको नियुक्तिले औपचारिकता पाएको छैन । तर शाक्यलाई उर्जा आयोग पठाउने सरकारको तयारी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि उर्जा मन्त्री पम्फा भुसालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नुभएको थियो। घिसिङलाई नै दोहोर्याउनुपर्ने चौतर्फी माग भएपनि गत वर्षको साउन २९ गते घिसिङलाई बिदाइ गरी प्राधिकरणमा शाक्यलाई नियुक्त गरिएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकार हटेसँगै पुन एक वर्षपछि घिसिङलाई प्राधिकरणमा ल्याउन लागिएको हो । अघोषित लोडसेडिङ भएको र प्राधिकरणको वार्षिक नाफा घटेको भन्दै शाक्यको आलोचना भएको छ ।









तपाईको प्रतिक्रिया