एकसाता अघि धनुषाको बटेश्वर गाउँपाकिला २ भुचक्रपुर स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयबाट चोरी भएको कम्युटरसहित तीनजना पक्राउ परेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ४ बटेश्वर बजार स्थित प्रमोद महतोको घरमा चोरी भएको विद्यालयको १८ वटा कम्प्युटर बिहीबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर तिलक सुनारले जानकारी दिए । उनका अनुसार १८ वटा कम्प्युटर र एउटा प्रोजेक्टर महतोको घरबाट फेला परेको हो । अन्य कम्प्युटरहरु खोज्ने क्रम जारी रहेको छ । चोरी घटनामा संलग्न घरधनी महतोसहित तीनजना पक्राउ परेका छन् । अन्य दुईजना पक्राउ पर्नेमा बटेश्वर बजारकै बुधन महतो र मिथिला नगरपालिका ८ कुसुम विसौनाका रामप्रकाश महतो रहेको प्रहरीले जनाएको छ । फेला परेको कम्प्युटरसहित तीनैजनालाई अहिले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतमा राखिएको छ । घटनामा अन्यको पनि संलग्नता रहेकाले खोजिकार्य जारी रहेको र पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको इन्सपेक्टर सुनारले बताए ।
आफन्त नेपाल लगायतका विभिन्न संघसंस्थाले विद्यार्थीलाई अध्ययनको लागि प्रदान गरेको दुईवटा ल्यापटपसहित ३२ वटा कम्युटर गत साउन १८ गते राति विद्यालयको ढोका तोडेर चोरी भएको थियो । घटनाको विषयमा भोलिपल्ट शिक्षकहरु पुगेपछि जानकारी भएको थियो ।
source:todaypati.com









तपाईको प्रतिक्रिया