महोत्तरीको गौशालामा कारले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ ।
ज्यान जानेमा गौशाला नगरपालिका १ बस्ने ५० वर्षीय रामपुकार महतो रहेका छन् । आइतबार राति ८ बजेको समयमा बा ६ च ४६१७ नम्बरको कारले घर नजिकै ठक्कर दिँदा पैदल यात्री महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाालाले जनाएको छ । बर्दिबासबाट गौशाला आउँदै गरेको कार पैदल यात्री महतोलाई गौशाला नगरपालिका १ सशस्त्र प्रशरी वेशक्याम्प नजिक ठक्कर दिएको थियो । महतोको घटनास्थलमै मृत्यु पश्चात स्थानीयबासिन्दाले कारमा आगजनी गरेका छन् । कार चालक गौशाला नगरपालिका १० बस्ने २१ वर्षीय सुदिप मगरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
news/photo:todaypati.com









तपाईको प्रतिक्रिया