TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बलबा नगरपालिकाका मेयरको भ्रष्टाचारी र मनमानी बिरुद्ध स्थानीय यूवाहरुद्वारा प्रदर्शन


बलबा नगरपालिकाका मेयरको भ्रष्टाचारी र मनमानी बिरुद्ध स्थानीय यूवाहरुद्वारा प्रदर्शन
ADVERTISEMENT

जनताको सेवामा निस्वार्थ भावनाका साथ खटिनु हरेक जनप्रतिनिधिको कर्तव्य हुन्छ । तर, यसको ठ्याक्कै विपरीत कर्तव्यहीन जनप्रतिनिधिदेखि कर्मचारी बनेका छन् महोत्तरी जिल्लाको बलावा नगरपालिका । दस दिनदेखि देशव्यापी भ्रमणमा उनीहरू गएपछि पालिकाको कामकाज ठप्प भएको छ ।


महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोदकुमार यादवदेखि कार्यालय सहयोगीसहित ६० जना जनप्रतिनिधि तथा कर्मचारीहरु १० दिनदेखि देशव्यापी भ्रमणमा निस्केका छन् । बलवा नगरपालिकाको ११ वटा वडामध्ये ८ वटा वडाका वडाअध्यक्ष, कार्यकारी सदस्यहरु, नगरप्रमुख विनोद यादव, नगर उपप्रमुख रितादेवी झा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, ईन्जिनियर कार्तिकेश झा, लेखा अधिकृत शत्रुधन ठाकुर, वडाअध्यक्षहरु वैद्यनाथ झा, दिनेश यादव, सोना उल्ला सेठ, राजकुमार यादवसहित ६० जना देशव्यापी भ्रमणमा निस्केका हुन् । अहिले कार्यालय दर्ता फाटका कर्मचारी विशेस्वर चौधरीको सहारामा चल्दै आएको देखिएको छ । यता मेयरको रवैया विरुद्ध स्थानिय युवाहरु आन्दोलीत भएका छन । स्थानिय युवा वसन्त राज साहका अनुसार वर्षो देखि बलवा नगरपालिकामा अनुहार सम्म नदेखाई जनकपुरधामबाट कार्यालय संचालन गर्दै आएका मेयरले भएभरका सवै कर्मचारीहरुलाई अनिश्चितकालीन भ्रमणमा लगेर सेवाग्राहीहरुलाई समस्यामा पारिदिएको वताए । रातु नदीले बलवा नगरपालिका क्षेत्रको अधिकांश भाग डुबान र कटान भइरहेको समयमा जनप्रतिनिधिहरु जनताको समस्यालाई बेवास्ता गरी भ्रमणमा गएका हुन् । नगरपालिकाको सेवा नै प्रभावित हुने गरी जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएकोमा स्थानीयवासीहरु आश्चर्यचकित भएको साहको भनाई रहेको छ ।

सोहि नगरपालिकाका युवा धिरेन्द्र कुमार मण्डलका अनुसार नगरपालिकामा व्यापक भ्रष्टाचार हुदै आएको छ । कामै नगरि व्यापक अनियमीतता हुदै आएको र यस सम्वन्धमा सुचना माग्न जादा मेयरले धम्की दिने गरेको गुनासो गरे । प्रमुख प्रशासकीय अधिकृतलाई सुचना नदिनका लागि मेयरको ठाडो आदेशले सुचनाबाट वंचित गराउदै आएको उनले वताए ।

स्थानियबासी लालबाबु साहका अनुसार मेयर यादवलाई आफुहरुले करिव दुई वर्ष देखि नदेखेको वताए । जतिवेला पनि मेयरको कार्यकक्षमा ताला झुण्डीएकै रहने गरेको वताउछन । उनको अनुसार सडक हिलाम्य छ,पुल भत्केको अवस्थामा छ तर मेयर यादवलाई त्यसदेखि कुनै मतलव छैन ,नगरपालिका पनि आउदैन,उनि जनकपुरधामबाटै कार्यालय संचालन गर्दै आएको वताए ।

उनीहरु करिब एक दसदेखि पोखरा, बागलुङ, चितवन, रामपुर लगायतका स्थानको भ्रमणमा छन् । पालिकाबाट जम्बो टोली भ्रमणमा निस्किएपछि हाल नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प छ भने सेवाग्राहीहरुको समस्या दिनानुदिन बढ्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पदमुक्त प्रदेश प्रमुख झाले लिए सबैभन्दा बढी सेवासुविधा

पदमुक्त प्रदेश प्रमुख झाले लिए सबैभन्दा बढी सेवासुविधा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य