कोरोना भाइरस महामारीको नियन्त्रण तथा व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको उक्त समितिले नियमित स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउन काम गर्नेछ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय उच्चस्तरीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल छन् । यसैगरी सहउपाध्यक्षमा मन्त्रालयकै प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहरहेका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले उच्चस्तरीय समितिका अन्य सदस्यमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रुद्र मरासिनी रहेका छन ।









तपाईको प्रतिक्रिया