प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको ललियामा दुई जनाको लास गाडिएको अवस्थामा फेला परेको छ ।
प्रदेश नम्बर २ को धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललियास्थित छोराले आफ्नै बुवा र श्रीमतीलाई काटेर जमिनमुनी गाडेको स्वीकार गरेका छन् ।धनुषाको मिथिला बिहारी नगरपालिका ५, साविक मिथिलेश्वर निकास गाविस ८, ललिया स्थितको सो घटनापछि सिँगो गाउँमै खैलाबैला मच्चिएको छ । स्थानिय २८ बर्षिय भागेश्वर मण्डलले आफनै बुवा चेता भन्ने रामवृक्ष मण्डल र श्रीमतीलाई हत्या गरेर शव गाडेको स्वीकार आफैँले गरेका छन् । नजिकै रहेको शिवजीको मन्दिरको साँचो राख्ने उनको बुवा रामवृक्षसँग विहान साँचो ल्याउन गएका उनकै भाई पर्ने चन्द्रहँस मण्डलले उनको घरमा रगत देखेपछि छिमेकीहरुलाई समेत भनेपछि घटना बाहिर आएको हो ।रामवृक्षको बारेमा चन्द्रहँसले सोधेपछि भागेश्वरले बुवा र श्रीमतिलाई मारेर गाडेको बताएका थिए । घरमा नभेटाएपछि उनको बुवा र श्रीमतीलाई खोजतलास गर्ने क्रममा घटना सार्वजनिक भएको स्थानियहरुले बताएका छन । भागेश्वरले नै दुवै जनालाई मारेर गाडेको स्वीकार आफैँ गरेका छन् । जब चन्द्रहँस साँचो ल्याउन मँगलबार बिहान उनको घरमा गए रामवृक्ष भेटाएनन् । तर उनको घरमा रगतको छिटाहरु देखेपछि भागेश्वरलाई बुवाको बारेमा सोधेका थिए । त्यसपछि भागेश्वरले भने, तपाईहरुलाई भन्नेबाला नै थिए, मैले दुवै जनालाई मारिदिए । दुवैजनालाई मारेर उनको घरदेखि करिब ३५ मिटर पूर्वउत्तर रहेको पोखरीको छेउमा गाडेको बताइएको छ । सोही स्थानमा रहेको दुर्गा युवा क्लबको पछाडी गाडेको बताइएको छ ।
स्थानीयहरुका अनुसार, भागेश्वर लागुऔषधको कुलतमा फँसेका युवक हुन् । अहिले पुलिस घटना स्थल पुगेर अनुसन्थान थालेको छ । बिस्तृत जानकारी आउन बांकी छ । महोत्तरीको भमरपुरामा भएको हत्याको घटना नसेलाउदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।
news/photo:enewsbureau.com









तपाईको प्रतिक्रिया