TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

लागूऔषधको ट्रान्जिट प्वाईन्ट बन्दै प्रदेश २


लागूऔषधको ट्रान्जिट प्वाईन्ट बन्दै प्रदेश २
ADVERTISEMENT

जनकपुरधाम । लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा बुधवार मात्रै प्रदेशका विभिन्न तीन जिल्लाबाट ७ जना पक्राउ पर्यो । महोत्तरीबाट २, बाराबाट २ र सिरहाबाट ३ गरि ७ जनालाई प्रहरीले पक्राउ गर्यो । महोत्तरीको गौशालानगरपालिका–६ का १८ वर्षीय मञ्जीत महरा र सिन्धुलीको कमलामाई नगरपालिका–१३ का २३ वर्षीय सुवास बुढाथोकीलाई प्रहरीले औरहीनगरपालिका–४ कठुधारस्थित सम्सी गौशाला सडक खण्डबाट पक्राउ गर्यो । महराको साथबाट ३० थान र बुढाथोकीको साथबाट १५ थाननाईट्राभेट ट्याबलेट प्रहरीले बरामद गरेको छ । प्रदेश २–०२–००१ ह १५२४ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश बिष्टले जानकारी दिए । त्यसैगरि, बुधवार नै प्रहरीले बाराबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गर्यो । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुरामवाइबाले पथलैयाबाट ना ४६ प ५९३१ नम्बरको मोटरसाइकलमा १५ किलो गाँजा लिएर जादै गर्दा उनीहरुलाई पक्राउ गरिएको थियो । पिठ्युँमा बोक्ने झोलामा गाँजा लिएर जादै गर्दा प्रहरीले शंका लागेपछि चेकजाँच गर्दा उनीहरु पक्राउ परेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।


त्यसैगरि, सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई बुधवार नै पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका २४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर ५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेका छन् । उनीहरुलाई लहान नगरपालिका ५ बाट ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । त्यसैगरि, १ भदौमा पनि धनुषा प्रहरीले १ सय २० किलो गाँजासहित एक युवालाई पक्राउ गरेको थियो । जनकपुरधामको मुरलीचोकबाट प्रहरी गाडीहरुलाई चेकजाँच गर्ने क्रममा हेटौडा उपमहनगरपालिका– १९ बस्ने ३२ वर्षीय बहादुर ब्लोनलाई गाँजासहित पक्राउ गरिएको छ । ब्लोनले बा ५ च १४० नम्बरको पिकअप गाडीमा पानीको टंयाकी भित्र प्लास्टीकमा बेरिएर राखेको अवस्थामा प्रहरीले १ सय २० किलो गाँजा बरामद गरेको छ । यसरी, प्रदेश २ का जिल्लाहरुबाट प्रायः दिनहुँ लागूऔषध कारोवारी तथा सेवनकर्ताहरु पक्राउ परिरहेको छ । प्रदेश २ का प्रदेश प्रहरी प्रमुख कार्यालयका अनुसार गत आर्थिक वर्ष ९ सय ९९ जनालाई लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ । चालु आर्थिक वर्षको भदौको पहिलो सप्ताह सम्ममा ९७ जनालाई लागूऔषध कारोबारमा पक्राउ गरियो छ । माथिका तथ्याङकलाई केलाउदाँ प्रदेश २ लागूऔषधको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ । भारतसँगको खुल्ला सिमानाको कारण प्रदेश २ मा लागूऔषधको कारोवार फष्टाएको जानकारहरुको भनाई छ । लागूऔषध कारोवाहरीहरुले खुल्ला सिमानाको फाईदा उठाउदै सहज रुपमा गाँजा, अफिम, चरेश लगायतका प्रतिबन्धित समानहरु भारत पठाउने गरेको छ । प्रहरी तथ्यांक अनुसार गाँजा, अफिम र चरेश देशभित्रै उत्पादन हुने गरेको छ ।

हेरोइन, कोकिन तथा बिभिन्न ट्याब्लेटस र कोरेक्स बोतलहरु भने भारत लगायतका मुलुकबाट नेपाल आउने गरेको छ । खुला सिमानाको साथै युवाहरुमा बढ्दो बेरोजगारी, कोरोनाका कारण विद्यालय तथा क्याम्पसहरु बन्द हुदाँ युवाहरुको आकर्षण लागूऔषधतर्फ बढेको जानकारहरुको भनाई छ । बिचौलियाहरु पक्राउ परेपनि मुख्य कारोवारी पक्राउ नपर्दा लागूऔषधको ओसारपसार वृद्धि भईरहेको जिल्लाप्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मनोज कुमार बस्नेतले बताए । उनले प्रहरीले लागूऔषध विरुद्ध सक्रिय भएकोले कारोवारीहरु धामधम पक्राउ परिरहेको दावी गरे ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
काबुल विमानस्थलमा विस्फोट  : ११ अमेरिकी सैनिकसहित मृतकको संख्या ६० पुग्यो

काबुल विमानस्थलमा विस्फोट : ११ अमेरिकी सैनिकसहित मृतकको संख्या ६० पुग्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य