सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएका रिटमाथि आज सुनुवाइ हुने भएको हो ।
राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) २०७८ बदर गर्न आदेशको माग गर्दै ६ वटा रिट निवेदन दर्ता भएका छन् । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
राजनीतिक दलसम्बन्धी अध्यादेश भाद्र २ गते राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गर्नु भएको थियो ।









तपाईको प्रतिक्रिया