बुधवारकाे माैसम : चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेको महाशाखाकाे भनाइ छ ।
हाल मौसमको अवस्था
हाल देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाकाे भनाइ छ ।
बुधवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले अनुराेध गरेकाे छ ।
