हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ।
हाल मौसमको अवस्था
हाल देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र प्रदेश न १ र प्रदेश २ का तराई भूभागमा आंशिक वदली रहेको महाशाखाले जनाएको छ ।
सोमवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी
वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वर्षाका कारण उक्त स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।









तपाईको प्रतिक्रिया