जनकपुरधाम । प्रदेश २ सरकारको जनता आवास कार्यक्रम अन्तर्गत धनुषाको नगराइन नगरपालिका वडा नं. २ मा ७० दलित परिवारका लागि घर निर्माण हुने भएको छ ।
सोमबार प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उक्त घर निर्माणको शिलान्यास गरेका हुन् । प्रतिघर निर्माणमा ३ लाख ३६ हजार रुपैयाँ खर्च गरिने बताइएको छ ।
शिलान्यास समारोहमा प्रदेश सांसद शिवचन्द्र चौधरी, मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका डोम, मुसहर, चमार र हलखोर गरी चार जातका घर निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
उक्त शिलान्यास कार्यक्रममा प्रदेश सांसद शिवचन्द्र चौधरी, मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरी , त्यसैगरी शहरी विकास तथा भवन कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख, ईन्जिनियर, योजना प्रमुख लगायत नगराईन न.पा. का स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया