आगामी असोज/कार्तिक महिनासम्ममा बालबालिकाहरुका लागि कोरोनाविरुद्धको खोप आउने सम्भावना बढेको छ ।
अमेरिकामा आउदो अक्टोबर महिना (असोज) मा ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोना खोप आउने सम्भावना बढेको हो । बालबालिकाका लागि फाइजर खोप तयार हुने प्रकृयामा रहेको बताइएको छ । अमेरिकाको एउटा मिडिया रिपोर्टका अनुसार डेल्ट भेरियन्टको प्रकोपबीच ११ वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि कोरोना खोप अक्टोबर महिनाको अन्तसम्म आउने सम्भावना देखिएको हो ।
अहिलेसम्म कोरोना खोप १२ वर्ष उमेर भन्दा माथिका बालबालिकालाई मात्र उपलब्ध छ । खोप आएपछि बालबालिकामा गम्भीर विरामी अस्पताल भर्ना हुने र मुत्युको सम्भावना कम हुने देखिएको छ ।









तपाईको प्रतिक्रिया