सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।
खोप लिन बिहीबार राति चीनतर्फ उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमान आज दिउँसो २ बजे खोप लिएर फर्किने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल ल्याइसकेको छ ।
अहिलेसम्म कोभिशील्ड २४ लाख ४८ हजार मात्रा, भेरोसेल ७४ लाख मात्रा, जोन्सन एन्ड जोन्सन १६ लाख मात्रा, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरेको छ ।









तपाईको प्रतिक्रिया