शनिवारदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ ।
नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । शनिवारदेखि सोमवारसम्म तीन दिन विभिन्न कार्यक्रमको आयोजना संविधान दिवस मनाउन लागिएको हो ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान दिवस मूल समारोह आयोजक समिति गठन भएको छ ।
आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरिएको छ ।
संविधान दिवसका अवसरमा नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायतका जनचेतनामूूलक कार्यक्रमको प्रकाशन र प्रसारण गरि मनाउने सरकारले निर्णय गरेको छ ।
संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गरिएको छ ।









तपाईको प्रतिक्रिया