जनकपुरधाम । संविधान दिवसका अवसरमा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा पर्ने प्रसिद्ध नोचा पोखरीको सरसफाई गरिएको छ । नेपाली काँग्रेस जनकपुरधाम नगर कार्यसमितिद्वारा आयोजित सरसफाई कार्यक्रममा सयौंको संख्यामा काँग्रेसका स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
धार्मिक, पौराणिक तथा एतिहासिक महत्वको नोचा पोखरी क्षेत्रमा केही समय यता आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । अनुपम प्राकृतिक दृश्य, मनोरम वातावरण र एकान्तिक आनन्दका लागि पर्यटकहरुको आकर्षणको केन्द्र नोचा पोखरी बन्दै आएको छ ।
पोखरी सरसफाई कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेशसभा २ मा नेपाली काँग्रसका नेता रामसरोज यादवले जनआन्दोलन र विद्रोहहरुबाट स्थापित संघिय लोकतन्त्रिक गणतन्त्रलाई रक्षा तथा संस्थागत गर्नुपर्ने बताउनु भयो । उहाँले जनताको लोकतान्त्रिक अधिकारका लागि नेपाली काँग्रसले गरेका संघर्षको स्मरण गर्दै जनताले पाएका हक अधिकारलाई सुनिश्चित तथा दिगो बनाउन तिनै तहका सरकार चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री यादवले वातावरणीय तथा पर्यटन विकासका लागि जनकपुरधामका सरोवरहरूको जिर्णोधार तथा सौन्दर्यीकरण प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
कार्यक्रमा नगर सभापति मनोज कुमार साह , प्रदेश २ का भौतिक मन्त्रालयका सल्लाहकार जिवनाथ चौधरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया