अष्ट्रेलियामा आज बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ। बिहान स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइडलगायत सहरसम्म पनि महशुस गरिएको थियो। भूकम्पबाट मेलबर्न सहरका केही भवनमा क्षति भएका तस्बिरहरू सामाजिक सञ्जालमा भेटिएका छन् ।
अहिलेसम्म मानवीय क्षति भएको विवरण आइसकेको छैन। ४ म्याग्नेच्युडको परकम्प पनि आएकाले अग्ला भवनमा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। केही ठाउँमा बिजुली अवरूद्ध भएको पनि बताइएको छ।
जिओसाइन्स अष्ट्रेलियाका अनुसार यो अष्ट्रेलियाको इतिहासमा रेकर्ड भएको सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो।









तपाईको प्रतिक्रिया