TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने अभियानको थालनी


जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने अभियानको थालनी
ADVERTISEMENT

जनकपुरधाम । विश्वकै हिन्दुधर्मावलम्बिहरुको आस्थाको केन्द्र जनकपुरधाम स्थित जानकी मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचिमा सुचिकृत गराउनको लागि सरोकारवालाहरुले प्रतिबद्धता जनाएको छन् ।


बुधबार प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामा जनकपुरधामा उपमहानगरपालिकाद्वारा आयोजित जानकी मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचिमा सुचिकरण सम्बन्धि वृह्त परामर्श कार्यशाला गोष्ठीमा सहभागि सरोकारवालाहरुले सबैले आ–आप्mनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै जउनपाका मेयर लालकिशोर साहले राज्यबाट वर्षौदेखि चरम विभेदको शिकार बनेको जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको यस गोष्ठीको मुख्य उद्देश्य जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकरणको लागि बहशको प्रारम्भ गर्नु रहेको जनाए ।

विगत तीन वर्ष पुर्व नै जनकपुर उपमहानगरपालिको नाम परिवर्तन गरि जनकपुरधाम उपमहानगरपालिका बनाउने निर्णय गर्नु पनि जानकी मन्दिरलाई सुचिकृत गराउने पहिलो खुड्किलोको रुपमा रहेको बताउँदै मेयर साहले भने –‘ विश्व सम्पदा सूचिमा सुचिकरणको लागि विभिन्न मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । जनकपुरधामको धार्मिक ऐतिहासिक र पौराणिक महत्वका दृश्य अदृश्य सम्पदाहरुको संरक्षण गर्नु हो । मेयर साहले भने, ‘ साढे पाँच सय वर्ष भन्दा बढि पुरानो गुरु शिष्य परम्परा (महन्थ परम्परा ) जस्तो ऐतिहासिक धरोहरलाई जिवन्त बनाउँदै लग्ने हाम्रो सोंच छ । ’ संकल्पित भएर प्रक्रियागत रुपमै मिहिनेत गर्दै गए विस्तारै भएपनि सफलता भने अवश्य पाईने विश्वास मेयर साहले व्यक्त गरे ।

सुदृढको सहयोगमा आयोजित सो गोष्ठीमा अतिथिको आसनबाट बोल्दै जानकी मन्दिरका महन्थ श्री रामरोशन दास वैष्णवले जउनपाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकरणको लागि उठाएको कदम सरहानीय रहेको बताए ।

कार्यक्रममा बोल्दै सुदृढका प्रतिनिधी कृष्णा ज्ञवालीले कार्यक्रममा सबै क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको सराहना गर्दै भने –‘ जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्न सबै पक्ष एक जुट देखिएका छन तथापि यो काम आजको आजै हुने होइन , यसको लागि संवेदनशिलता मात्र होइन दृढ संकल्पित हुनु पनि अपरिहार्य छ । ’ तर जउनपाले थालेको अभियानले उँचाई प्राप्त गर्ने र जानकी मन्दिरको संरक्षण सम्बद्र्धन तर्फ जनकपुरधामवासी सचेत हुँदै जाने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखाका कर्मचारी सुरज अर्यालले जउनपाद्वारा स्थानीय स्तरमा थालिएको कामको सराहना गरे । स्थानीय स्तरबाट सूरु भएको कार्य अगाडि बढ्दै गएपछि पुरातत्व विभाग र मन्त्रालयले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता अर्यालले व्यक्त गरे । संघीय मन्त्रालय पनि नीतिगत रुपमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचिकृत गराउन पुर्ण रुपमा प्रतिबद्ध रहेको जानकारी समेत मन्त्रालयका प्रतिनिधी अर्यालले गराए ।

कार्यक्रममा बोल्दै नेकपा समाजवादीका धनुषा जिल्ला सचिव राजकुमार यादवले सबै दल संवेदनशिल हुनु जरुरी रहेको नेता यादवले बताए ।

कार्यक्रममा बोल्दै जउनपा–४ वडाध्यक्ष सुदर्शन सिंहले विभिन्न संघ संस्थाहरुले उठाउँदै आएको मुद्दा पहिलो पटक स्थानीय सरकारको लागि बहशको विषय बन्नु नै जनकपुरधामवासीको पहिलो जित रहेको बताए । उनले भने –‘ हामीले जानकी मन्दिरको संरक्षण सम्बद्र्धन गर्नै पर्छ । ’ मौलिक संस्कृति , सभ्यता नै हराउँदै गएको अवस्थामा कसरी सुधार ल्याउने बारे समेत हामी सचेत हुनु आवश्यक रहेको नेता सिंहले प्रष्ट्याए ।

गोष्ठीमा बोल्दै जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकी मन्दिर विश्व सम्पदा सूचिमा सूचिकृत हुनुले सब भन्दा बढि लाभ यहाँको व्यवसायीहरुले नै उठाउने निश्चित रहेको बताए । उनले जउनपाले थालेको यस अभियानमा सहयोग गर्न उद्योग बाणिज्य संघ जहिले पनि ततपर रहने प्रतिबद्धता पनि अध्यक्ष महासेठले व्यक्त गरे । पाँच बुंदे प्रतिबद्धतापत्र जारी गर्दै गोष्ठी समापन भएको छ । गोष्ठीमा पत्रकार सुभाष कर्ण , ईन्जिनियर जितेन्द्र महासेठ , मिथिला चित्रकार सुनैना ठाकूर ,जउनपाका कर्मचारीहरु , विभिन्न वडाका वडाध्यक्ष सहित विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आजको मौसम पूर्वानुमान : कुन–कुन स्थानमा वर्षाको सम्भावना ?

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य