नेपालको तराई क्षेत्रमा आज जितिया पर्व मनाइँदै छ ।
मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो खानेकुरा खाने गर्दछन् । थारु समुदायले जितियालाई विजय अर्थात् जीतका रूपमा मनाउने गरेको छ । नवलपरासी, चितवनलगायतका ठाउँमा रहेका थारु महिलाहरूले तीन दिनसम्म जितिया पर्व मनाउँछन् । भगवान विष्णु, शिव र भगवान सूर्यको पूजा अर्चना गर्छन् । पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।
सरकारले जितिया पर्व मनाउनेलाई सार्वजनिक बिदा दिएको छ ।









तपाईको प्रतिक्रिया