नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी छन् । यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए । उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ ।
पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए । चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ ।
नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन् । पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो । त्यसबेला पनि पुनले बैंककमा उपचार गराएका थिए ।









तपाईको प्रतिक्रिया