भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।
हाल मौसमको अवस्था
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भईरहेको महाशाखाको भनाइ छ ।
शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भूभगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।









तपाईको प्रतिक्रिया