परीक्षणको क्रममा रहेको एक औषधिले कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना हुने वा मृत्युको जोखिमलाई आधाले कम गर्ने दाबी गरिएको छ । हालसालै गरिएको परीक्षणका क्रममा कोभिडका बिरामीलाई दिनको दुई पटक मोल्नापिराविर नाम गरेको ट्याब्लेट दिइएको थियो ।
अमेरिकी औषधि उत्पादक मर्कले नतिजा निकै सकारात्मक आएको भएपनि वाह्य निगरानीकर्ताले परीक्षणलाई चाँडै रोक्नका लागि भनेको जनाएको छ । मर्कले अबको दुई हप्ताभित्र अमेरिकामा उक्त औषधि आकस्मिक प्रयोगको स्वीकृतिका लागि निवेदन दिने बताएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउचीले उक्त औषधिको परीक्षण नतिजा ‘निकै राम्रो खबर’ रहेको बताएका छन् । तर, फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले परीक्षणको तथ्यांकको समीक्षा नगर्दासम्म सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।









तपाईको प्रतिक्रिया