चन्द्रपुर नगरपालिका–३ गैंडाटारस्थित चाँदी खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार राति ९ बजे चाँदी खोला तर्ने क्रममा स्थानीय हरिबहादुर ठोकरका १४ बर्षीय छोरा सुकराज ठोकरलाई खोलाले बगाएर मृत्यु भएको हो ।
उनको शव आज बिहान ७ बजे बगाएको स्थानबाट ३ किलोमिटर पर फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
उक्त स्थानमा ठेकदार कम्पनीको लापरवाहीको कारण समयमै बन्नुपर्ने पुल हालसम्म पनि निर्माण हुन नसक्दा स्थानीयहरु खोला तरेर हिन्न बाध्य छन् जसको कारण सो खोलाले बर्सेनि मान्छे बगाउने गरेको छ ।









तपाईको प्रतिक्रिया