दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप आउने निश्चित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभएको हो । आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभयो । यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उहाँले जानकारी दिनुभयो ।
दशैँलगत्तै १ लाख फाइजर खोप आउने उहाँले बताउनुभयो । फागुनसम्ममा क्रमश ः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।









तपाईको प्रतिक्रिया