अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेकाे जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।
हाल मौसमको अवस्था
हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। प्रदेश २ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। प्रदेश २ को एकदुई स्थानमा भारी वर्षा पनि भइरहेको महाशाखाको भनाइ छ ।
साेमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ ।
राती देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भूभगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।









तपाईको प्रतिक्रिया