TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै, मूल गणनामा लिपुलेक पनि समेटिने


१२ औं राष्ट्रिय जनगणना आजदेखि
ADVERTISEMENT

राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिँदै छ ।


जनगणना अन्तर्गत पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम गएको भदौ ३० गतेदेखि सुरु भएको थियो । पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ।  बाँकी रहेको काम दुई/चार दिनमा सकिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैजसो जिल्लामा सूचीकरणको काम आंशिक रुपमा बाँकी छ ।  अहिलेसम्म घरपरिवारको सूचीकरण ५० लाखको सङ्ख्यामा मात्र आएको छ ।  गाउँ-गाउँमा खटिएका गणकले सङ्कलित सूचना पठाउन बाँकी नै रहेकाले सबै विवरण केन्द्रमा आइसकेको छैन ।

ग्रामीण क्षेत्रमा यातायातको असुविधासँगै इन्टरनेट तथा सञ्चार सेवाको समस्या हुँदा र कतिपय गणकहरु बिरामी भएकाले पनि सङ्कलित विवरण आउन ढिलाइ भएको हो । अहिले  देशभर ७० लाख घरपरिवार भएको अनुमान गरिएको छ । यस्तै, पहिलो चरणको घर परिवार सूचीकरणमा नेपालको नयाँ चुच्चे नक्सामा परेका महाकाली पारिको लिपुलेक र कालापानी क्षेत्र छुटेको छ ।

सुपरिवेक्षण पठाउनै आनाकानी गर्दा महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घरपरिवार सूचीकरण हुन नसकेको हो ।  भारतको बाटो भएर जानुपर्ने तर सरकारले त्यो बाटो प्रयोग गर्न नभनेकाले सुपरिवेक्षक नै पठाउन नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार मूल गणनामा भने जसरी पनि लिपुलेक र कालापानी क्षेत्रलाई समेट्ने तयारी छ । मूल गणनामा भौतिक रुपमा उपस्थिति हुन नसके पनि अरु विभिन्न उपाय अपनाएर गणना गरिने उहाँले बताउनुभयो। यो क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।

मूल गणनाका लागि लागि कुटनीतिक पहल समेत भइरहेको छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना आउँदो कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विनाेद चाैधरीसहित १६ नेपालीले विदेशमा अबैध लगानी गरेको खुलासा

विनाेद चाैधरीसहित १६ नेपालीले विदेशमा अबैध लगानी गरेको खुलासा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य