त्रिभुव विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसतिर गएको छ ।
मंंगलवार बिहान जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको विमानस्थलले जनाएको छ । नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेको विमान फसेको हो । जहाज धावनमार्गमा नरहेका कारण उडानमा भने असर परेको छैन । जहाजको एउटा चक्का घाँस क्षेत्रमा फसेकाले निकाल्ने प्रयास भइरहेको विमानस्थलले जनाएको छ ।
सो विमानमा चालकदलका चारसहित ८० जना सवार थिए । जहाज फसेपछि यात्रुहरुलाई अर्को विमान मार्फत पठाउने तयारी भएको छ ।









तपाईको प्रतिक्रिया