काठमाडौं । सरकारमा पठाउने नामावली टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ ।
बिहान ८ बजेदेखि सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको बैठक बसिरहेको स्रोतले बताएको छ ।
जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भए पनि इस्तियाक राई र अम्रिता अग्रहरी मध्ये एक जना र अन्य एक जनाको नाम टुङ्गो लगाउन बाँकी रहेकाले शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएका थिए । जहाँ जसपालाई चारवटा मन्त्रालय दिइएको थियो ।
सोही दिन सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी समेत दिएका थिए ।
उक्त बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिइएको थियो।









तपाईको प्रतिक्रिया