जनकपुरधाम । विजयादशमीको आज सातौं दिन सप्तमी तिथिका दिन निस्केको साधुसन्तसहित सर्वसाधारणको समूहले फूलपाती भित्राइदैं छ ।

जनकपुरधामको प्रसिद्ध शक्तिपिठ राजदेवी लगायत अन्य शक्तिपीठहरुमा आज बाजागाजाका साथ फूलपाती भित्राइनेछ ।

जनकपुरधामको मारवाडी सेवा समिति परिसरमा रहेको  बेलको फल टिपेपश्चात वैदिक परम्परा अनुसार फूलपाती भित्राइने छ ।

प्रत्यक वर्षझैं  नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले संयुक्तरुपमा सलामीसहित  डोला निकालेका थिए ।

फूलपाती भित्राउने समुहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, माननीय राजेन्द्र महतो लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता  रहेको थियो ।