जनकपुरधाम । विजयादशमीको अवरसरमा योग र आयुर्वेद स्वस्थ जीवनका लागि अति महत्वपूर्ण रहेको सन्देश दिदंै जनकपुर जेसिजले जडिबुटीको विरुवा वितरण गरेको छ ।
जनकपुरधाममा नवरात्राको अवसर पारी जेसिज जनकपुरले मंगलबार बिहान जडिबुटीको विरुवा वितरण गरेको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद एवं संस्किृति संरक्षण अभियन्ता रामअशिष यादवले योग र आयुर्वेदको विकास राज्यले नीति बनाएर लागु गर्नुपर्ने कुरा बताउनु भयो ।
उहाँले, ‘प्राचीन मानव सभ्यताको समयमा आयुर्वेदको महत्व रहेको र वर्तमान अवस्थामा पनि आयुर्वेदको विशेष महत्व रहेको कुरा उल्लेख गर्नु भयो ।
प्रदेश सांसद यादवले, प्राकृतिक दुर्लभ जडिबुटी पाइने देश नेपाल हो तर देशले यसलाई संक्षरण गर्नमा ध्यान नदिएको कुरा बताउनु भएको छ ।’
गुर्जो तथा काँढा वितरण अभियन्ता कमलबहादुर राजलवटको सहयोग र संयोजनमा लेमनग्रास, पत्थरचाट्टा, गुर्गुजसहित जडिबुटी मिश्रणबाट तयार पारिएको काँढा वितरण अभियान थालिएको कुरा बताउनु भएको छ ।’
उक्त कार्यक्रममा जनकपुर जेसिजका अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुर जेसिजका उपाध्यक्ष राजेन्द्र साह, महासचिव राजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साह, योगगुरु विमल पण्डित, पत्रकार जयशंकरनाथ झा, टेष्ट अफ मिथिलाका महेश साहसहितको सहभागीतामा उहाँहरुले जडिबुटीको महत्व बारे चर्चा गर्नु भएको थियो ।’









तपाईको प्रतिक्रिया