जनकपुरधाम । जनकपुरधामको शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली दिने कार्यक्रम सुरु भएको छ ।
अन्य वर्षको तुलनामा यस वर्ष बढी बोकाबली प्रदान हुने अनुमान रहेको बताउँदै महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले बताए ।
बोकाबली प्रदान हुनुभन्दा पहिले १६ हजार जती बोकाबलीको रसीद काटिसकेको जानकारी दिदै यस वर्ष १८ हजारभन्दा बढि बोकाबली प्रदान हुने कमिटीका अध्यक्ष साहले बताए ।
उनले बलि प्रदानका लागि ठेहा संयोजकलाई जिम्मेवारी दिइसकेको र बढिमा राती आठबजे देखि बलि प्रदान हुने र बोकाहरुको चाप बढेपछि यस वर्ष चारवटा ठेहाको व्यवस्था गरेको बताए ।
यस वर्ष कोरोना महामारीका कारण बन्द भएको सीमानाका औपचारिक रुपमा खुलेपछि बोकाबली प्रदानमा बढोत्तरी हुन सक्ने अनुमान गरिएको छ ।









तपाईको प्रतिक्रिया