देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हालको मौसम

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको महाशाखाकाे भनाइ छ ।

शुक्रवार दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बाग्मती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  त्यस्तै, राती  देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

आगामी २४ घण्टाका लागि परामर्श 

देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।