जनकपसरधाम । बारामा गए राति ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको मृत्यु भएको छ ।

प्रदेश नं. २ को बारा जिल्लास्थित जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको मृत्यु भएको हो ।

कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुईजनाको भने वीरगंजस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो ।

मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गए राति पौने ११ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्यांकर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।