जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गर्ने उम्मेदवारलाई कालोसूचीमा राखिएको छ ।

प्रदेश  आयोगको इमेलमा गालीगलौज गरेर प्रतिक्रिया पठाएका महोत्तरी एकडारा गाउँपालिका बथनाहाका प्रनितकुमार झा एक वर्षका लागि कालोसूचीमा परेका हुन्।

कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा झाले अनलाइनमार्फत दरखास्त दिएका थिए। प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत नै जवाफ मागेको थियो।

तर, उनले इमेलको जवाफ नदिइ गालीगलौज लेखेर पठाएको प्रदेश लोकसेवा आयोगले जनाएको छ। आयोगले पत्रिकामा सूचना प्रकाशन गरी झालाई कालोसूचीमा राखिएको जनाएको छ।