हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मौसमको अवस्था
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ ।
शुक्रवार दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य वदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरुका एकदुई स्थानहरुमा मेघगर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।









तपाईको प्रतिक्रिया