जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई जनकपुर– जयनगर रेल सेवा छिट्टै सञ्चालन गर्न आग्रह गर्दै जनकपुर उद्योग वाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शुक्रबार बिहान संघका पदाअधिकारीहरुले रेल सञ्चालनका विषयमा ज्ञापनपत्र मन्त्री यादव समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
कार्यक्रममा जनकपुर–जयनगर रेल्वे विगतदेखि वर्तमान अवस्थाका बारेमा जानकारी दिदै जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल चौधरीले रेल सञ्चालन नभएकाकारण त्यसको असर व्यापार व्यवसायमा परेको बताएका थिए ।
बुझाइएको उक्त ज्ञापनपत्रमा जनकपुरको आर्थिक सामाजिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि रेल सेवा यातायातको महत्वपूर्ण साधन रहेकोले जनकपुर–जयनगर रेल सेवा छिट्टै सञ्चालनमा ल्याउन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आग्रह गरिएको उल्लेख रहेको बताएका थिए ।









तपाईको प्रतिक्रिया