काठमाडौं । दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मदन चौधरीसहित तीन जना पत्रकारलाई सम्मान गरिएको छ ।
शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित गंगाजलीमा दिलीप स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी पत्रकार चौधरी, नवीन गुप्ता र वृजमान तामाङलाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखी र नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पत्रकार चौधरीलाई भने नगद राशी ११ हजार रुपैयाँ तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
सप्तरीको फत्तेपुरमा जन्मिएका दिलीप चौधरी २०४२ सालमा देशव्यापी रुपमा भएको बम काण्डको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनको हत्या भएको थियो ।









तपाईको प्रतिक्रिया