जनकपुरधाम । महिलाको घाँटी रेटेर फरार ‘भुट्टाचोर’ पक्राउ परेका छन् ।
धनुषामा घाँस काट्न गएकी महिलाको मंगलसुत्र र चाँदीको गहना (काडा) लुट्न घाँटी रेटेर हत्या प्रयास गर्ने भुट्टाचोर भनिने रामभजन महतो सुडी महोत्तरीबाट पक्राउ परेका हुन् ।
धनुषाको विदेह नगरपालिका ६ गिद्धा बस्ने २५ वर्षीय भुट्टाचोरलाई महोत्तरीको गोनरपुरा भन्ने स्थानबाट गए राति पक्राउ गरेको तिनकौरिया प्रहरी चौकीले जनाएको छ ।
उनले गहना लुट्न शुक्रबार बिहान ११ बजेको समयमा स्थानीय रामबहादुर मण्डलकी ५५ की श्रीमती जमुनी देवी मण्डल केवटको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका थिए । फरार भएर ससुरालीमा बसिरहेका भुट्टाचोरलाई प्रहरी चौकी तिनकौरियाका सई शारदा शंकर साहको कमाण्डमा खटिएको प्रहरी पक्राउ गरेको हो ।
घाँटी रेटिएकी जमुनी देवीको घाँटीमा ९ वटा टाँका लगाइएको छ । उनी प्रादेशिक अस्पताल जनकपुरमा उपचारपछि घर फर्किएकी छन् ।
स्थानीयका अनुसार भुट्टाचोर वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा पनि चोरीचपाटी गर्दै आएका थिए । उनी गाउँमा भुट्टाचोरको नामले प्रख्यात छ । गाउँमा पनि चोरीको धन्धा गर्ने गरेको स्थानीय बताउँछन् ।
कार्तिक ५ गतेका दिन जमुनी देवी घाँस काट्न गएको बेला अभियुक्त महतोले खुट्टामा लगाएको चाँदीको काँरा, गालाको मँगलसुत्र खोस्न छुराले घाँटी रेट्ने प्रयास गरेका थिए । हल्ला भएपछि उनी जमुनदेवीको मंगलसुत्र खोसेर भागेका थिए ।









तपाईको प्रतिक्रिया